सुनको मूल्य घट्ने क्रम जारी छ। शुक्रबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुस