भारतबाट अवैध रुपमा भित्र्याईएको १० लाख बराबरको बिँडी सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सीमानाका बन्द रहेका बेला महाकाली नदीमा ट्युबमार्फत भित्र्याईएको १२ पेटी बिँडीसहित १ जनालाई नियन्त्रणमा लिईएको हो।

अवैध रुपमा बिँडी भित्र्याउने पञ्चेश्वर गाउँपालिका १ का ३० बर्षीय राजेन्द्र धामीलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। यसका साथै बिँडी ल्याईरहेको म १ ज ३२३ नम्बरको जीप र जीपका चालक रणबहादुर दयाललाई पनि नियन्त्रणमा लिईएको उनले बताए।

उनीहरुलाई पञ्चेश्वर गाउँपालिका ४ स्थित सैलोडाबाट नियन्त्रणमा लिईएको हो। महाकाली नदीमा ट्युबको सहयताले बिनायक घाटबाट नेपाल भित्र्याईएको उक्त बिँडी मेलौली तर्फ ल्याइदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले समातेको हो। बरामद गरिएको बिँडी र नियन्त्रणमा लिईएको मानिसलाई आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुस