छात्रामाथि बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले तारिखमा छाड्न दिएको आदेश उच्च अदालत दिपायलले बदर गरेको छ । उच्च अदालतको मंगलबारको आदेशअनुसार ती शिक्षकलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्नेछ । डोटीको केआईसिंहकी १९ वर्षीया किशोरीले स्थानीय झिमेमालिका माविका शिक्षक सोपीनाथ भट्टले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी गरेकी थिइन्।

उनले बलात्कारपछि गर्भवतीसमेत भएको जनाएकी थिइन्। जिल्ला न्यायाधीश विदुर काफ्लेले गत कात्तिक १९ गते भट्टलाई तारिखमा छाडेर पुर्पक्ष गर्न आदेश दिएका थिए। जिल्ला अदालतको आदेशमा प्रतिवादी भट्ट अपांगता भएकाले तीन लाख धरौटी लिई तारिखमा छाडेर पुर्पक्ष गर्न भनिएको थियो।

प्रतिक्रिया दिनुस