बैतडीको पुर्चौडीनगरपालिका स्वास्थ्य साँखा प्रमुख सहित तिन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। शुक्रवार गरिएको परीक्षणमा स्वास्थ्य साँखा प्रमुख विनोद कुवर, उनकी श्रीमती रेवती कुँवर र पुर्र्चौंडी नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कार्यालय सहयोगी सुरेन्द्रबहादुर बोहरामा कोरोना पोजेटिभ देखिएको हो।
विगत केही दिन देखी स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार दिएको स्वाबमा कोरोना पोजेटिभ देखीएको उनले जानकारी दिए। उनले आफू सँगै श्रीमती र एक जना कार्यालय सहयोगीमा पनि कोरोना पुष्टि भएको जनाएका छन्। तिनै जना सेती प्रादेशिक अस्पतालमा भर्ना भएका छन्।

शुक्रबार थप तीनजनामा कोरोना पुष्टि भएसंगै बैतडीमा संक्रमितको संख्या ५ सय ३ पुगेको छ । ५०३ जना संक्रमित मध्ये ४८२ जनाले कोरोना जितेका छन् भने एकजनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

यसैबीच पुचौडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरलाई कोरोना पुष्टि भएपछि उनले आफ्नो ेसम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आफूमा कोरोना पुष्टि भएको जानकारी गराउँदै उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजकता अपनाउन र कोरोना परीक्षण गर्न आग्रह गरेका हुन्।

प्रतिक्रिया दिनुस