कञ्चनपुरका ६ सहित सुदूरपश्चिममा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३ सय ७७ जनामा गरीएको परीक्षणमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकाको वडा नखुलाइएका ३ महिला र २ पुरुष गरी ५ जना र बेल्डाँडी गाउँपालिका वडा नम्बर ४ का २० वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुशार कैलालीको धनगढी उपमहानगरपालिकाका वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ११ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, १२, १६ र १८ का १र१ जनामा संक्रमण देखिएको छ।

कैलालीकै टीकापुर नगरपालिकाका १६ जना, गौरीगंगा नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ भने ठेगाना नखुेका १ जनामा पनि कोराना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुस