पछिल्लो २४ घण्टामा नेपालमा थप १६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एक हजार १३ पुरुष र ६६१ महिला छन् ।

२४ घण्टामा २३२३ डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । जसमध्ये १ लाख ९३ हजार ३२५ जनाले कोरोना जितेका छन् ।

थप सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या १३ सय ५ पुगेको छ ।

अहिले देशभर २४ हजार ९ जना संक्रिय संक्रमित छन् । जसमध्ये १७ हजार २०६ होम आइसोलेशन र ६ हजार आठ सय ३ जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी ७५७ जना क्वारेन्टिनमा छन् भने ३३६ जनाको आईसीयूमा उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुस