बैतडीको पुर्चौंडी नगरपालिका – ६ मुडेली नजिक मरेको अवस्थामा फेला पारेका १४ गाईको व्यवस्थापन गरिएको छ। पुर्चौडी नगरपालिकाका प्रतिनिधि , पाटन नगरपालिकाका प्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दाले मरेका १४ गाईलाई व्यवस्थापन गरेको हो। मरेका गाईलाई खाल्डोमा गाडेर व्यवस्थापन गरेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

पाटन नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि प्रतिगाई २ हजार ५ सयका दरले रकम तिरेर २९ छाडा गाईलाई ठेकेदारको जिम्मा लगाएको थियो। तर जिम्मा लगाईएका भनिएका पुर्चौंडी नगरपालिका ५ का लक्ष्मण पार्की र सुरेश पार्कीले भीरबाट खसालेर गाई मारेको आशंका गरिएको छ। आशंका गरिएकामध्ये लक्ष्मण पार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइको प्रहरीले जानकारी दिएको छ। यस्तै सोही कार्यमा सलंग्न रहेको आशंका गरिएको सुरेश पार्की भने फरार रहेका छन्।

पक्राउ परेका पार्कीमाथि गौहत्या अभियोगमा मुद्दा दायर गरेर अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
पाटन नगरपालिकाबाट प्रति गाई २ हजार ५ सयका दरले ताक्लाकोट लैजान्छु भनेर गाई लिएका दुवै जनाले भीरबाट खसालेको हुनसक्ने आसंका गरीएको छ।

 

प्रतिक्रिया दिनुस