कञ्चनपुरमा बहुप्रादेशीक शिक्षालय सञ्चालनका लागी अनुमति प्रदान गरिएको छ। जिल्लाको भीमदत्तनगरपालिकाले महाकाली उप प्रादेशिक अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहु प्राविधिक शिक्षालयमा कक्षा सञ्चालनका लागि अनुमति पाएको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिईभिटीई)बाट महाकाली बहु प्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि अनुमति पाएको नगरपालिकाले जनाएको छ।

सिटिईभिटिईको गत २६ कार्तिकमा बसेको परिषद्को बैठकले भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारी स्वरूपमा कार्यक्रम सञ्चालन गर्न बहु प्राविधिक शिक्षालयलाई डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको थियो। भीमदत्त नगरपालिकाले महाकाली अस्पतालसँगको साझेदारीमा बहु प्रादेशिक शिक्षालय सञ्चालनका लागि सिटिईभिटिईसंग अनुमतिका लागि आवेदन दिएको थियो। देशका ७ सय ५३ पालिमा मध्ये भीमदत्त नगरपालिकाले बहु प्रादेशिक शिक्षालय सञ्चालनका लागि अनुमति पाएको पहिलो पालिका भएको दाबी गरेको छ।

स्थानीय तहसँगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको सिटिईभिटीईले भीमदत्त नगरपालिकालाई चालु शैक्षिक सत्र २०७७÷०७८ बाट कक्षा सञ्चालनका लागि अनुमति दिएको हो।

सिटिईभिटीईले प्रमाण पत्र तहका सात विषयका कार्यक्रम सञ्चालन गर्न, भौतिक समाग्रंी तथा मेशिन औजार र प्रशिक्षकको व्यवस्थापन पूर्वाधार निर्देशिका, पाठ्यक्रम बजोमि गुणस्तरीय प्रशिक्षकका लागि व्यवस्था गर्न अनुमति दिएको भीमदत्त नगरपालिकाले जनाएको छ। भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले अनुमति पाएसँगै कक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए। प्रमुख प्रशासकीय अधिकृत भट्टका अनुसार प्रमाण पत्र तहका नर्सिङ, सुमान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, रेडियो डाइग्नोजिष्टक, अप्थाल्मिक साइन्स र डिप्लोमा ईन फार्मेसीका कक्षा सञ्चालन हुने छन्। सातै विषयमा ४० का दरले २सय ८० विद्यार्थीले अध्ययन गर्न पाउनेछन्। विद्यार्थीले बाह्य गएर बढी शुल्क तिरेर पढ्नुपर्ने बाध्यता हट्दै जनशक्ति समेत उत्पादन हुने अपेक्षा गरिएको छ। अभिभावक सङ्घ कञ्चनपुरका सचिव कर्ण बहादुर चन्दले बहु प्राविधिक शिक्षालय स्थापनासँगै विद्यार्थी र अभिभावक समेत लाभान्वित हुने बताए।

प्रतिक्रिया दिनुस