सेन्टिनेल–६ माइकल फ्रेलिच भू(उपग्रहले यसरी अन्तरिक्षबाट विश्वको समुद्री सतहलाई निरन्तर मापन गर्नेछ। नेपाली समयअनुसार उक्त भू–उपग्रह अहिले राति ११ बजे प्रक्षेपण हुनेछ। नासाको आधिकारिक वेभसाइटले उक्त प्रक्षेपणको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ।पृथ्वीको सतहभन्दा ८३० माइलमाथि नेक्स्ट(जेनरेसन भू(उपग्रहले विश्वभरको समुद्री सतह नाप्ने भएको छ। सेन्टिनेल(६ माइकल फ्रेलिच भू(उपग्रहले यसरी अन्तरिक्षबाट विश्वको समुद्री सतहलाई निरन्तर मापन गर्नेछ।
नासा र युरोपियन स्पेस एजेन्सीको संयुक्त प्रयासमा बनेको यो भू(उपग्रह अमेरिकाको क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग एयर फोर्स बेसबाट युरोपेली समयअनुसार आज दिउँसो प्रक्षेपण गरिनेछ। काठमाडौँको समयअनुसार उक्त भू(उपग्रह अहिले राति ११ बजे लन्च हुनेछ। नासाको आधिकारिक वेभसाइटले उक्त प्रक्षेपणको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ।
यो भू–उपग्रह स्पेस एक्स फाल्कन ९ रकेटमा प्रक्षेपण हुनेछ। कुनै परिस्थितिका कारण आज यो प्रक्षेपण नभए आगामी दिनमा प्रशस्तै सम्भावना भएको पनि जनाइएको छ। अन्तरिक्षमा पुगेपछि यस भू–उपग्रहले पृथ्वीभन्दा ८३० माइलमाथिबाट आगामी साढे ५ वर्षसम्म समुद्री सतह नाप्नेछ। गत ३० वर्षदेखि भू(उपग्रहमार्फत् पृथ्वीको समुद्री सतह नापिँदै आएको छ।
यस नयाँ भू-उपग्रहले जलवायु परिवर्तनसँग दाँजेर समुद्री सतह नाप्नेछ। साथै यसले मौसम पूर्वानुमान, समुद्री आँधी, वायुमण्डलको तापक्रम र आर्द्रतासमेत सटिक रूपले नाप्न सक्नेछ।