शनिबार सुदूरपश्चिममा ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेशका ४ वटा प्रयोगशालामा झण्डै साढे ५ सय जनाको परीक्षण गर्दा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय २५ जनाको परीक्षण गर्दा थप ६४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ८५ जनाको परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको उनले बताए। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आजको परीक्षणमा धनगढी उपमहानगरपालिकाका मात्र २७ जनामा संक्रमण पुष्टि भएको बताए। उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ११ का २ जना, यस्तै वडा नम्बर ३, ४, ७, १२, १६ र १८ का १÷१ जनामा संक्रमण देखिएको छ ।

कैलालीकै टीकापुर नगरपालिकाका १६ जना, गौरीगंगा नगरपालिकाका १ जनामा संक्रमण देखिएको छ भने ठेगाना नखुेका १ जनामा पनि कोराना पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र बेल्डाडी गाउँपालिकाका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

यस्तै जिल्ला अस्पताल बझाङ प्रयोगशालामा ९९ जनाको परीक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता कार्कीले बताए । उनका अनुसार डडेल्धुरा अस्पताल प्रयोगशालामा २७ जनाको परीक्षण गर्दा ४ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा १४ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पष्टि भएको छ । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ९ पुगेको छ । प्रदेशभर संक्रमण पुष्टि भएका झण्डै ८ हजार ८ सय ७५ सय जनाले कोरोना जितेका छन् भने ५० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुस