फाइल

कञ्चनपुरमा ट्रयाक्टरले मोटरसाइकललाई ठक्करबाट १ जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ मा से १ त ९५३३ नम्बरको ट्रयाक्टरले से १ प ६७६५ को मोटरसाइकललाई ठक्करबाट १ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले दुर्घटनामा मोटरसाइकलमा सवार ३५ वर्षीया रामेश्वरी जोशीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

उनका अनुसार मोटरसाइकल चालक मृतक जोशीका श्रीमान ५५ वर्षीय डम्मरदेव जोशी र उनकी १५ वर्षिया छोरी ममता जोशी घाइते भएका छन्। उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुस