धनगढीमा २२ राजनीतिक सङ्गठनले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्। कार्यगत एकताको केन्द्रीय कार्यक्रम अनुसार आइतबार २२ राजनीतिक सङ्गठनले धनगढीमा विरोध प्रदर्शन गरेका हुन्। धनगढीको पार्क मोड देखी निकालिएको विरोध ¥याली चौराहा कोण सभामा परिणत भएको थियो।

नेकपा मसाल, नेकपा क्रान्तिकारी, माले, राष्ट्रिय जनमोर्चा, संयुक्त, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा माओवादी केन्द्र, माओवादी, राष्ट्रिय समाजवादी मोर्चा र नयाँ नेपाल पार्टी लगायतका २२ दलिय संगठनले बिरोध गरेका हुन्।

नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश सचिव राम बहादुर महराले राष्ट्रघाती एमसिसी सम्झौता खारेज, राष्ट्रिय स्वाभिमानको रक्षा गर, विपन्न–गरिब किसान मजदुर लाई राहतको व्यवस्था गर, बलात्कारीलाई कारबाही गर, सरकार बाट भइरहेको भ्रष्टाचार बन्द गर, कालापानी बाट भारतीय सेना फिर्ता गर, सिमा अतिक्रमण बन्द गर, लगायतका सरकारका गलत कदम विरुद्ध नाराबाजी गर्दे विरोध प्रदर्शन गरिएको जानकारी दिए।

उनका अनुसार जनमोर्चा सुप प्रदेशका इन्चार्ज मनोज भट्ट, राष्ट्रिय समाजवादी मोर्चाका अध्यक्ष डिडि पाण्डे, क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य राम ब. केसी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेशका अध्यक्ष विष्णूराम दमाई नेकपा माले प्रदेश सचिव परेक रावल लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

बिरोध प्रर्दशनपछि कोण सभामा बोल्दै २२ दलिय मोर्चाका नेताहरुले राष्ट्रघाती एमसीसी खारेजी लिपुलेक, लिम्पियाधुरा, कालापानीबाट भारतीय सेना हटाउनुपर्ने, भष्टाचार महङ्खी, कालोबजारी नियन्त्रण र कोडिभ १९ का नाममा भएको भष्टाचार नरोकिए फेरी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुस