कैलालीको धनगढी उपमहानगरपालिकाले विद्यालय सञ्चालनका लागी सूचना जारी गरेको छ। उपमहानगरले सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सामाजिक दुरी सँगै स्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन सम्बन्धी सूचना जारी गरेको हो।
स्कुल, कलेजलाई मास्क स्यानिटाइजर अनिवार्य प्रयोगमा ल्याई विश्व स्वास्थ्य सङ्घटनको स्वास्थ्य मापदण्ड कायम गरी कक्षा सञ्चालन गर्न उपमहानगरपालिले सूचित गरेको। विद्यालय सञ्चालन कार्य ढाँचा २०७७ अनुसार सङ्क्रमणको जोखिम, विद्यार्थी सङ्ख्या, भौतिक पूर्वाधारलाई समेत हेरेर विभिन्न ७ वटा विकल्पको प्रयोग गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न भनिएको छ।
उप–महानगरपालिकाले दिएका विकल्पमा सबै विद्यार्थी राखेर कक्षा एकै समयमा सञ्चालन गर्ने, अलग–अलग सिफ्टमा कक्षा तथा तह सञ्चालन गर्ने, विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि छोट्टाउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले जोखिम र अवस्था हेरी सञ्चालन गर्ने विकल्प दिइएको छ।
प्रतिक्रिया दिनुस