फाइल।

डडेलधुरामा भीरबाट लडेर नवजात शिशुसहित एक महिलाको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–२ स्थित ढोडनाको भीरबाट लडेर एक नवजात शिशुसहित सोही गाउँपालिका–२ बगाल बस्ने ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको हो। सोमबार उनको १३ दिनको छोराको पनि सो दुर्घटनामा मृत्यु भएको छ।

सापला भन्ने गाउँमा श्रीमान शेरबहादुर भुलसँग धामी झाक्री हेराउन जाने क्रममा भीरबाट करिब ३०० मिटर तल खसेर उनीहरूको मृत्यु भएको डडेल्धुरा प्रहरीले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुस