भारतका केही राज्यमा सक्रिय सशस्त्र माओवादीका ३३ जना लडाकुले प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । तेलंगना राज्यस्थित भद्राद्री कोठागुदेम जिल्लास्थित कम्युनिस्ट पार्टी माओवादीका लडाकुले सोमबार स्थानीय प्रहरी समक्ष आत्मा समर्पण गरेको प्रहरीले जनाएको छ ।

आत्मा समर्पण गर्ने क्रममा छिमेकी छत्तिसगढका समेत ८ जना माओवादी सदस्यहरु रहेको प्रहरीको भनाइ छ । उनीहरुले यसअघि प्रहरीविरुद्ध सडकमा एम्बुस थाप्नुका साथै प्रहरीलाई विभिन्न आक्रमणमा संलग्न रहेको स्वीकार गरेको प्रहरीले जनाएको छ । भारतका झारखण्ड, छत्तिसगढ, तेलंगना, आन्ध्र प्रदेश लगायत विभिन्न जिल्लामा भूमिगत माओवादी सक्रिय छन् ।

प्रतिक्रिया दिनुस