कैलालीको अत्तरियामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुने भएको छ। सेती आयुर्वेदिक औषधालय धनगढीको सहयोग र गोदावरी नगरपालिकाको व्यवस्थापनमा गोदावरी नगरपालिका १ अत्तरियामा आरोग्य केन्द्र स्थापना हुन लागको हो। सोमबार एक कार्यक्रमका बिच केन्द्र संचालनका लागि आयुर्वेदिक औषधालय धनगढीका प्रमुख खगेन्द्र बहादुर बमले नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदलाई औषधी तथा उपकरण हस्तातरण गरेका छन।

कार्यक्रममा नगरप्रमुख साउँदले कोरोना महामारीले आयुर्वेदिक औषधीको महत्त बढेको बताए । उनले मानव सभ्यताको विकास संगै आयुर्वेद उपचार पद्धतीको विकास भएपनि कोरोना महामारीले यसको महत्त झन बढेको बताए । उनले आयोग्य सेवा केन्द स्थापनाका लागि आवश्यक सामाग्री प्राप्त भईसकेकाले अबको २÷३ दिन भित्रमै वडा नम्बर १ को सहरी स्वास्थ्य क्लिनीकको भवनमा केन्द्र संचालन गरिने बताए । कार्यक्रममा आयुर्वेदिक औषधालय धनगढीका प्रमुख बमले केन्द्रबाट कम्लपित्त, बाथरोग, महिनाबारी समस्या, पाईल्स, बच्चाहरुको पेट दुख्ने, पिनास, छाला लगायतका रोगको उपचार गरिने बताए ।

उनले केन्द्रमा सेती आयुर्वेदिक औषधालय धनगढीले नै बैद्य स्तरको कर्मचारी खटाउने बताए ।

प्रतिक्रिया दिनुस