डडेल्धुराको उग्रतारा मेला पछिको दोस्रो ठूलो वडाल जाँत ९मेला०को तयारी पुरा भएको छ । गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला मंसिर शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवामेला लाग्ने परम्परा रहिआएको छ ।

बडाल जाँतको दिनमा बिहान भागेश्वरमा चौलो जाने र त्यहाँबाट छत ९कपडाबाट बनाइएको छाता जस्तो घुमाउने० ले नगरीको तालमा ढोग गर्ने गरेको विश्वास सहित र स्थानीय देउवाहरुले तरवालले शरण खेलेपछि दिवा मेलाको शुभारम्भ हुने परम्परा रहिआएको छ ।

जिल्लाकै एक महत्वपुर्ण शक्तिपिठको रुपमा रहेको लाटागन्याप देवताको मन्दिरमा लाग्ने यो पटकको मेला भर्नकालागी गन्यापधुरा गाउँपालीका सहित अन्य स्थानिय तह र कैलाली, कञ्चनपुर, बैतडी, डोटी तथा भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजन आउने गरेका छन् । मेला स्थल सम्मै सडकको राम्रो पहुँच भएकाले बिगतका बर्ष भन्दा पछिल्ला बर्षहरुमा भक्तजनहरुको उल्लेखनीय सहभागीता रहदै आएको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।

वडाल जाँतको रुपमा चिनीने यो मेला डडेल्धुराको पश्य गर्खाकै एक शानको रुपमा चिनीने गरेकोे छ । बिशेषतः तिहारको दशौ दिनमा लाग्ने यो मेलाको मौका पारेर देश–परदेशमा रहेका स्थानीयहरु घर फर्की आउने चलन रहिआएको छ । मेलामा स्थानिय स्तरमा उत्पादित सामग्रीका साथै कृषि उपजको व्यापार समेत हुने गरेको छ ।

यहाँ मेला भर्नकै लागी भारतको उत्तर प्रदेशबाट समेत ब्यापारीहरुको सहभागीता रहने गर्दछ । रतेडीको राति उपासना गरि बिहान लाटागन्याप देवताको पुजाअर्चना गरेमा मनोकामना पुरा हुने धार्मीक जनविस्वास रहिआएको छ । स्थानीय भाषामा मेलालाई जाँत भन्ने गरिन्छ । तिहारबाट नै उक्त क्षेत्रमा मेलाको रौनक सुरु हुँदै आएको छ ।

यतिबेला पहाडका गाउँघरमा जाँत ९मेला०को रौनकता छाएको हो। जाँतमा देवी–देवताको पूजा आजसँगै धामीको नाच, स्थानीय मौलिक बाँजागाजासँगै चौलो, देउडा हुने गरेकाले जाँतमा आफन्तलाई भेट्न देश परदेश गएकाहरु घर फर्कने गरेका छन् । मेलामा स्थानिय मालीगाँउबाट ठाँउ ठाँउमा गौ दान गर्दे मुख्य देउरो बडालको जाँतको लागि मंगलबार राती २ बजेसम्म बडालस्थित मन्दीरमा पु¥याई सकेको छ ।

मेलामा स्थानिय अन्य गाँउबाट पनि देउरो ल्याउने चलन रहि आएको छ । कुजाकोट, रुमायल,बडाल, थप्सा लगायतको स्थानबाट देउरो आउने गरेको भएपनि मुल देउरो भने मालीगाँउबाट ल्याउने चलन रहि आएको छ ।

दाइन, दमाह, रुइसिंग, भोकर बाजागाँजाका साथ स्थानीय हातमा ढाल तरवार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्दछ।

प्रतिक्रिया दिनुस