खडक कोली कञ्चनपुर, १०मंसिर

कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगी साधारण तारेखमा रिहा भएकी छिन । उनी बिरुद्ध छिमेकी बिमला ठडराईले ‘भेदभाव तथा अपमानजन्य व्यवहार’ अन्र्तरगत मुद्दा दायर गरेकी थिईन् । बुधबार उक्त मुद्दाको थुनछेक बहसमा जिल्ला आदालत कञ्चनपुरले अधिकारकर्मी नेगीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । न्यायाधिश शिवलाल पाण्डेको एकल इजलासले वादीले नेगी बिरुद्ध दायर गरेको मुद्दामा प्रमाण अपुग भएकाले साधारण तारेखमा रिहा गर्न आदेश दिएको आदालतले जनाएको छ । कञ्चनपुर जिल्ला आदालतका श्रेस्तेदार यदुनाथ शर्माले मुलुक फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६९ बमोजिम अधिकारकर्मीलाई थुनेरै कार्बाही गर्नुपर्ने अवस्था नरहेकाले साधारण तारेखमा रिहा गर्न आदेश दिएको बताए । अधिकारकर्मी नेगीका तर्फबाट अधिवक्ता बिनोद भट्ट, कौसिल्या ओझा(किरण), प्रकास पाण्डेय, सुमित्रा कार्की, निरञ्जन विष्टले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुस