बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको घटना आठ महिना पछि बाहिर आएको छ। जिल्लाको सिगास गाउँपालिका–३ ठुलैसनकी १८ वर्षीय किशोरीमाथि भएको जबरजस्ती करणीको घटना आठ महिना पछि जानकारीमा आएको बैतडी प्रहरीले जनाएको हो।
पीडित परिवारले दिएको जाहेरी अनुसार गत वैशाखमा ती किशोरीमाथि सोही ठाउँका दीपक धामीले धारामा पानी भर्न गएका बेला जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

तर गाउँमै उक्त घटना गुपचुप पार्न सिगास गाउँपालिकाका रोजगार संयोजक राजेन्द्र सिह धामी, भुवन भस्कर माध्यामीक विद्यालयका शिक्षक मनोज सिह धामी, वडा अध्यक्षको उमेद्धवारमा पराजित भएका अमर सिह धामी र गाजरी शिक्षा क्याम्पसका शिक्षक नरेन्द्र सिह धामी लगायतले पीडितलाई एक तोला सुन दिने तमसुक सहित प्रलोभन देखाएका थिए। सोही प्रलोभनमा परी पीडित पक्षले कानुनी प्रक्रिया नथाल्ने सहमति जनाए। सहमति अनुसार गत कार्तिक सम्म उक्त सुन पीडित परिवारलाई बुझाइसक्नु पर्ने हो।

तर पिडक र मिलापत्र गराउने व्यक्तिहरू आर्थिक प्रलोभनमा परेर घटना सामसुम पार्न खोजिएको चाल पाएपछि पीडित पक्षले प्रहरीमा उजुरी गराएको बैतडीका प्रहरी प्रमुख डिएसपी नारायण प्रसाद अधिकारीले जानकारी दिए। उनले घटनाको थप अनुसन्धान भइरहेको बताए। घटनामा संलग्न सबै माथि आवश्यक अनुसन्धान गरी कारबाही अगाडी बढाइने उनले बताए।

प्रतिक्रिया दिनुस