नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ । नेपाल यसअघि १ सय ७० औं स्थानमा थियो । नेपालले ९ सय ६८ अंक हासिल गरेको छ । भारत १०४औं स्थानमा रहेको छ भने माल्दिभ्स १५५ औं स्थानमा रहेको छ ।

यसैगरी बंगलादेशले तीन स्थान सुधार गर्दै १ सय ८४ औं स्थानमा छ भने भुटान १८९औं र पाकिस्तान २००औं स्थानमा रहेको छ ।
यस्तै बेल्जियम शीर्ष स्थानमा यथावत् छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुस