कृष्ण नेपाली ,कञ्चनपुर, मंसिर, ११ । कञ्चनपुरको भीमदत्त नगरपालिकाको सुकासालमा एक जना युवक मृत अवस्थामा फेला परेका छन् । भीमदत्त नगरपालिका–०६ का ४० वर्षीय राजेन्द्र चन्द महेन्द्रराजमार्ग नजिक सुकासालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता अमर थापाले बतानुभयो ।

बिहिबार बिहान राजेन्द्र चन्द सुकासालमा रहेको होटल बेष्ट साइनको पश्चिमपट्टी मृत अवस्थामा फेला परेका हुन । मृतक चन्द बुधवार बेलुका घरबाट औषधी लिनका लागि बजार जान्छु भनेर हिनेको उनका भाई सुरेन्द्र चन्दले बतान्भयो ।

राती अबेर सम्म पनी घर नआएपछि मृतक चन्दको खोजीका लागि प्रहरीलाई खबर गरिएको जनाइएको छ । मृत अवस्थामा फेला परेका चन्दको घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस