
बैतडीको दशरथचन्द नगरपालिकामा शनिबार देखी लकडाउन जारी गरीएको छ। जिल्ला सदरमुकाममा रहेको नगरपालिकाले मंसिर १३ गतेदेखि २३ गतेसम्म १० दिनका लागि नगर क्षेत्र लकडाउन गर्ने निणर्य गरेको हो।
नगरपालिकामा १८ जना कोरोना सक्रिय संक्रमित रहेका र कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि लकडाउन गर्ने निणर्य भएको सूचना अधिकारी टिकेन्द्र प्रसाद भट्टले जानकारी दिए। बन्दाबन्दीमा यातायात पुर्ण रुपमा ठप्परहने नगरपालिकाले जनाएको छ। तरकारी र फलफुल पसलहरुलाई बिहान ७ देखि ११ बजेसम्मका लागि मात्र सञ्चालनको अनुमति दिएको छ।
नगरपालिका र वडा कार्यालयका काम समेत बन्द गरिने भएको छ। नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निणर्य गरेको भट्टले बताए।
		प्रतिक्रिया दिनुस
		
	

 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    