बाजुरामा एक हजार १२ घरको छाना विस्थापन हुने भएको छ । यस आर्थिक वर्षमा संघीय सरकार शहरी विकास मन्त्रालयको योजनाअनुसार बाजुराका खरले छाएका घर विस्थापन गरी जस्तापाता लगाइने प्रतिनिधिसभाका सांसद लालबहादुर थापाले बताए ।

आर्थिक अवस्था कमजोर भएर खर वा फुसका प्रयोग गरेका घरलाई विस्थापन गरेर जस्तापाता लगाउने गरी सघन शहरी तथा भवन निर्माण इकाई डोटीले काम सुरु गर्ने भएको छ । खरले छाएको घरमा आगलागीलगायतका विपद् हुने भएकाले बाजुरामा जस्तापाता लगाउने गरी गरिब, असहायलगायतका विपन्न नागरिकका घर पुनर्निर्माण हुने सांसद थापाले बताए ।

प्रतिक्रिया दिनुस