बैतडीमा किशोरी बलात्कारको प्रकरणमा वडा अध्यक्ष सहित ४ जना पक्राउ परेका छन। जिल्लाको सिगास गाउँपालिका –३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित थप ४ जनालाइ पक्राउ गरीएको बैतडी प्रहरीले जनाएको हो। सिगास गाउँपालिकाकी एक किशोरीलाई बलात्कार प्रकरणमा वडा अध्यक्ष सहित सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए।

यसअघि सो घटनामा संलग्नताको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको थियो। उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए। बलात्कार घटनाका मुख्य आरोपित सिगास ३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ। सिगास गाउँपालिका ३ की १८ बर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो।

तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो। पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो।

प्रतिक्रिया दिनुस