कञ्चनपुरका ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । जिल्लाको भिमदत्त नगरपालिका अन्तर्गत रहेको झोलुङ्गे प्रहरी चौकीमा कार्यरत २४ वर्षीय राम बहादुर विष्टको मृत्यु भएको हो ।

बेदकोट नगरपालिका १ चम्पापुरमा से १ क १४०६ नम्बरको मिनी ट्रकले ठक्कर दिदाँ बिस्टको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।
उनले ट्रक र चालकलाई नियन्त्रणमा लिइएको बताए ।

प्रतिक्रिया दिनुस