बैतडीको दशरथचन्द नगरपालिका नगरप्रमुख नरेन्द्रसिंह थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई सक्रमण देखिएको हो।

यस्तै जिल्ला अस्पातल र स्वास्थ्य कार्यालयमा कार्यरत ३ जना स्वास्थ्यकर्मी, नेपाली सेनाका ३ जना, नेपाल प्रहरीका एक जना, दुईजना श्रीलंकाली पर्यटक र दशरथचन्द नगरपालिकाका ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभीड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। शनिबार एकैदिन १८ जनामा कोरोना पुष्टि भएको छ।

आफ्नो सम्पर्कमा रहेकालाई कोरोना परीक्षण गराउन आग्रह

दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापाले आफूमा कोरोना पुष्टि भएकाले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सुरक्षित बस्न र कोरोना परीक्षण गर्न आग्रह गरेका छन्। आफू अहिले घरमै बसीरहेको र विभिन्न जडीबुटी सहित औषधि सेवन गरिरहेको प्रमुख थापाले बताए। अहिले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको समेत उनले बताए।

प्रतिक्रिया दिनुस