सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ९१ जनाको परीक्षण गर्दा सुदूरपश्चिमका थप ८२ संक्रमण पुष्टि भएको हो। संक्रमीत हुनेमा कैलालीका ७४ जना, डोटीका १ जना, डडेल्धुराका ४ जना र कंचनपुरमा ३ जना रहेका छन।

अस्पताललका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमित मद्ये धनगढी उपमहानगरपालिकाका ११ जना, गोदावरी नगरपालिकाका ३ जना, घोडाघोडीका २ जना, जोशीपुरका ७ जना, बर्दागोरियाका २ जना, कैलारीका ५ जना, टिकापुरका २९ जना, भजनीका १ जना, मपहन्यालका १० जना, लम्कीचुहाका ३ जना, कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुस