धनगढीको सारथी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी कैलालीको गोदावरी नगरपालिका–५९ वर्षीया महिलाको मृत्यु भएको हो। उनको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका कारण परीक्षण गराउँदा मृत्युपछि उनमा संक्रमण पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

प्रतिक्रिया दिनुस