कञ्चनपुरमा नक्कली नेपाली नोट छाप्ने कारखाना पत्ता लागेको छ। जिल्लाको सदरमुकाम रहेको महेन्द्रनगर बजार गल्ली नम्बर २ मा सञ्चालन गरिएको नक्कली नेपाली रकम छाप्ने कारखाना प्रहरीले सोमबार पत्ता लगाएको हो।
कञ्चनपुर प्रहरीका अनुसार आइतबार नक्कली नोटसहित पक्राउ परेका युवकले दिएको सूचनाका आधारमा अनुगमन गर्दा उक्त कारखाना पत्ता लागेको हो।  २ नम्बर गल्लीस्थित सानु धामीको पसलमा छापा मार्दा नक्कली नोट बनाउने रितिका बम र उनका श्रीमान् अनुप शर्मालाई नक्कली नोटसहित पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक एवं डिएसपी अमरबहादुर थापाले बताए।
साथै ती दम्पती बस्ने डेरामा खानतलासी गर्दा १ हजारका ५ वटा नक्कली नोटसहित ल्यापटप १ थान, चार्जर १ थान, फोटोकपी मेसिन १ थान, कैँची थान २ थान, किबोर्ड २ थान, माउस १ थान, विभिन्न बैङ्कहरूको चेक बुक ३ थान, एटिएम, आइएमई कार्ड र नक्कली नोट बनाउनका लागि काटिएका ५० थान फोटोकपी पेपर बरामद गरिएको उनले बताए।
अहिले सम्म उत्त मेसिन बाट करिब एक सय ३६ बढी हजारका नोट छापिएको खुल्नमा आएको डिएसपी थापाले बताए। पक्राउ परेका तीनै जनामाथि अदालतबाट मुद्रा सम्बन्धी कसुर मुद्धामा अनुसन्धान गरिरहेको उनले बताए।
प्रतिक्रिया दिनुस