कञ्चनपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कृष्णपुर नगरपालिका –५ गुलरिया बजारमा गए राती आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु भएको हो।

राती करिब साढे १० बजेतिर छत बाट खसेर गम्भीर घाइते भएका ५० वर्षीय गणेश राज ओझाको राती सवा ११ बजे माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुस