सुदूरपश्चिममा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका तिन ओटा प्रयोगशालामा गरीएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको हो।

जसमा सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा २४ जना, जिल्ला अस्पताल डडेल्धुरा र अछामको कमलबजार प्रयोशालामा चार, चार जना गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा कैलालीका ७ सहित सुदूरपश्चिमका थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

संक्रमित मध्ये कैलालीका ७ जना, कन्चनपुरका १४ जना, डडेल्धुराका २ जना, अछामका ४ जना, दार्चुलाका १ जना,बझाङका १ जना, डोटीका १ जना र अन्य जिल्लाका १ जना गरी ३२ जना रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिह कार्कीले बताए। प्रदेशमा कुल संक्रमितको संख्या ११ हजार २ सय ९ पुगेको छ भने ३८ संक्रमितको मृत्यु भएको छ।

प्रदेशमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ११ रहेको मन्त्रालयले जनाएको छ। प्रदेशका बिभिन्न अस्पतालबाट ८५ कोरोना संक्रमित डिस्चार्ज भएका छन। यो संगै कोरोना निको हुनेको संख्या ९ हजार ४६० पुगेको छ।

प्रतिक्रिया दिनुस