खानेपानी मन्त्री बिना मगरले चुनावमा जनतासँग गरिएका प्रतिबद्धता पुरा गर्ने बताएकी छिन। सोमबार लालझाडी गाउँपालिका स्थित ‘शंकरपुर अस्पतालको’ शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री मगरले चुनावमा जनतासँग गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने बताएकी हुन।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी खानेपानी मन्त्री मगरले चुनावमा जनतासँग गरेका केही बाचा कार्यान्वयन भइरहेको बताइन। मन्त्री मगरले पार्टी पङ्क्ति र प्रतिपक्षी सहित जनताको साथसर्मथनमा भौतिक पूर्वाधार तर्फका योजनाले गति लिएको बताइन। ‘यस निर्वाचन क्षेत्रमा विकासका आयाम थपिदैछन, ‘उनले भनिन, ‘यो सबैको सहयोग र सर्मथनले काम अघि बढिरहेका छन्।’ मन्त्री मगरले क्षेत्र र प्रदेशकै विकासका लागि सङ्घीय सरकारका तर्फबाट आफुले थुप्रै पहल गरिरहेको बताउँदै दिगो विकास र संवृद्धिका लागि तीनै तहका सरकार उत्तिकै जिम्मेवारी हुनुपर्ने बताइन। मन्त्री मगरले केही योजना जस्तै खानेपानी, सडक, शिक्षा, कृषि, रोजगारी स्वास्थ्य, पुल पुलेसा लगायतले गति लिएको बताउँदै बाँकी योजनाको काम समेत अघि बढाइने बताइन।
No description available.
त्यस्तै जिल्लाको भीमदत्तनगरपालिकामा पनि सोमबार १४.०१ किलोमिटरको सडकको शिलान्यास गरिएको छ। सोमबार सङ्घीय सांसद दीपक प्रकाश भट्टले महेन्द्रनगर बजारका सडकको शिलान्यास गरेका हुन्। सन् २०२२ सम्म सडक निर्माण सम्पन्न गरिसक्ने गरी सडक निर्माणको शुभारम्भ गरिएको भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए। एडिबीको सहयोगमा निर्माण हुने उक्त सडक सँगै २१ किलोमिटर ढल निकासा नाली समेत निर्माण गरिने मेयर विष्टले जानकारी दिए। सडक निर्माणका लागी कुल ८७ करोड ७७ लाख रकम विनियोजन गरिएको छ।
प्रतिक्रिया दिनुस