इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लेस्टर सिटी पराजित भएको छ । शीर्ष स्थानको होडमा रहेको लेस्टर फुलह्यामसँग पराजित भएको हो ।​

फुलह्यामले लेस्टरमाथि पहिलो हाफमै दुई गोल गर्न सफल भयो । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीमाथि फुलह्यामका लागि खेलको ३० औं मिनेटमा एडेमोल लुकम्यानले पहिलो गोल गरे । उनले गोल गरेको आठ मिनेट अर्थात् खेलको ३८ औं मिनेटमा इभान काभालेइरोले गोल गर्दै पहिलो हाफमै अग्रता दोब्बर बनाए । पहिलो हाफमा गोल गर्न नसकेको लेस्टर सिटीका लागि ८६ औँ मिनेटमा हार्बी बान्र्सले एक गोल गरे । गोलका लागि उनलाई जेमी भर्डीले सहयोग गरेका थिए ।

शीर्ष स्थानको होडमा रहेको लेस्टर यो पराजयसँगै १० खेलाबाट १८ अंकसहित चौथो स्थानमा छ । फुलह्म भने १० खेलबाट सात अंकसहित १७ औं स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुस