कैलालीमा नेकपा परीत्याग गरी ४३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जिल्लाको गोदावरी नगरपालिकामा नेकपाका कार्यकर्ता प्रेम सुनार सहित वडा नं.३ का ४३ जना कार्यकर्ता नेपालि कांग्रेसमा प्रवेश गरेका हुन ।

सोमबार एक कार्यक्रमका बिच नवप्रवेशी सम्पुर्णलाई नेपालि कांग्रेसका नेता एवम् महाधिवेशन प्रतिनिधि विरेन्द्र भट्टले टिका लगाएर पार्टी प्रवेश गराए। वडा नं.३ का मात्रै ४३ जनाले नेकपा परित्याग गरेका बताउदै उनले पार्टी प्रवेश हुनेहरुमा अधिकांश माओवादी निकट रहेका बताए ।

प्रतिक्रिया दिनुस