ब्राजिलको एमेजनको जंगलमा सन् २००८ यताकै सबैभन्दा तीव्र दरमा वन फडानी भइरहेको स्पेस एजेन्सी ९इन्पे० ले बताएको छ । अगस्त २०१९ देखि जुलाई २०२० सम्म कूल ११ हजार ८८ वर्ग किलोमिटर वन क्षेत्र नष्ट गरिएको थियो । यो गत वर्षको तुलनामा ९।५ प्रतिशतले बढी हो । अमेजनलाई विश्वको महत्त्वपूर्ण कार्बन स्टोर मानिन्छ जसले जलवायु परिवर्तन र विश्वको तापक्रम बढ्नबाट रोक्न मद्दत गर्दछ । वैज्ञानिकहरुका अनुसार सन् २०१९ को जनवरीमा जेयर बोल्सोनारोले राष्ट्रपतिको कार्यभार सम्हालेपछि तीव्र गतिमा वन फडानी भइरहेको छ । सन् २०१८ मा ७ हजार ५३६ वर्ग किलोमिटर क्षेत्र वन क्षेत्र नष्ट गरिएको थियो ।

यसअघि, ब्राजिलले वन फडानीको दरलाई सन् २०२० सम्म ३ हजार ९०० वर्ग किलोमिटरमा झार्ने लक्ष्य दिएको थियो । तर, बोल्सोनारोले भने वन फडानीलाई प्रोत्साहित गर्दै वातवरणीय कानुनहरु लागु गर्ने सरकारी संस्थाको बजेट कटौति गरेका छन् । उनले वन फडानीको तथ्यांक प्रस्तुत गर्ने संस्था ईन्पेको आलोचना गरेका छन् । यस संस्था देशको छवि धुमिल पार्ने काम गरेको उनको भनाइ छ ।

एमेजनमा ३० लाखभन्दा बढी प्रकारका वनस्पति र जनवारहरु पाइन्छ भने १० लाखभन्दा आदिवासीहरु बस्दछन् । बीबीसी

प्रतिक्रिया दिनुस