अछाममा अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको ज्यान गएको छ। गएराती जिल्ला अस्पतालमा तुर्माखाँद गाउपालीका वडा नम्बर ४ का ३८ बर्षिया नामसरा कामीको ज्यान गएको हो।
सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी बेथा लागेर रक्तश्राव हुन थालेपछी स्थानिय स्वास्थ्य संस्थामा सुत्केरी हुन सम्भव नभएपछी बेलुका ४÷५ बजे मात्रै जिल्ला अस्पतालमा जानकारी आएपछी करिब साढे ४ घण्टापछी मात्रै जिल्ला अस्पतालमा पुरयाईएको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले बताए।
छैठौं पटक आमा बन्न गईरहकोमा उनको अस्पताल पुरयाईसके पछीपनि रक्तश्राव नरोकीएपछी मृत्यु भएको हो। उनको बच्चाको पेटमै हुँदा मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुस