कैलालीको अत्तरियामा टिप्पर र कार ठोक्कीदा ४ जना घाईते भएका छन। पुर्ववाट आउँदै गरेको बा १४ च ७२२८ नम्बरको कार र अत्तरिया तर्फ गईरहेका से १ क १०२८ नम्बर टिप्पर बनखेतमा ठोक्कीदा ४ जना घाईते भएका हुन्। कारले ओभर ट्याक गर्न खोज्दा दुर्घटना भएको स्थानीयले बताएका छन्।

घाईते हुनेमा काभ्रेका हरिगोपाल श्रेष्ठ, काठमाण्डौँका विद्यामान श्रेष्ठ, विक्रम महर्जन र विरगञ्ज पर्साका अरविन्द चौरासीया रहेका छन्। घाईते ४ जनाको अत्तरियाको पद्मा अस्पतालमा उपचार भईरहेका छ। उनीहरु मध्ये चौरसियाको अवस्था गम्भीर छ। घाइते सबैको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ। टिप्पर र चालक दिनेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुस