सुदूरपश्चिम प्रदेशमा मंगलबार १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशका ५ ओटा प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा १४३ जनामा संक्रमण पुष्टि भएको हो।

जसमा सेती प्रादेशिक अस्पतालमा ८१ जना, जिल्ला अस्पताल डडेल्धुरा का १५ जना , अछामको कमलबजार प्रयोशालामा २४ जना, बैतडी अस्पतालमा गरीएको परीक्षणमा १५ जना र बझाङ अस्पतालमा ८ जना गरी १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित मध्ये कैलालीका ७४ जना, कन्चनपुरका ७ जना, डडेल्धुराका १२ जना, अछामका १८ जना,बझाङका ८ जना, डोटीका १ जना गरी १४३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेशमा कुल संक्रमितको संख्या ११ हजार ३ सय ५२ पुगेको छ भने ३९ संक्रमितको मृत्यु भएको छ।

प्रदेशमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ९६ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुस