गजल, धर्मानन्द भट्ट,

म रुँदा हाँस्नेहरूको नि लस्कर देखियो।
समाजमा यस्तै प्रवृत्ति अक्सर देखियो।

देशको लागि भनेर बन्दुक बोकेकाहरू,
मेरो भन्दा अवस्था झन जर्जर देखियो।

चाकरी चाप्लुसीले कति दौडिन सक्छौ
तिमीले खुट्टा कमाएको लर्खर देखियो।

लगानी बिनाको व्यापार भयो राजनीति,
समाजसेवी भनेर बनाएको घर देखियो।

भत्किए पछि आस्थाको मन्दिर आखिर,
मन्दिरको मुर्ती नि भएछ पत्थर देखियो।

हिजो धर्म अफिम हो भन्ने मान्छेले पनि,
हिडेको छ भन्दै महादेव हर(हर देखियो।

जवानी सडकमै बित्यो जिन्दावाद भनेर,
आज उसैले झारेको आँसु बर्बर देखियो।

प्रतिक्रिया दिनुस