धनगढीमा प्रहरी हत्याकाण्डसँग जोडिएको मटर तस्करीमा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारी धरौटीमा छुटेका छन्। मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि मटर तस्करीको आरोपमा पक्राउ परेका धनगढीका व्यापारी राजीव गुप्ता १ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। उनका अनुसार गुप्ता सो धरौटी रकम बुझाएर तारेखमा छुटेका हुन्।

अस्थायी प्रहरी पोस्ट जुगेडाका प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको हत्यासँग जोडिएको मटर गुप्ताको भएको खुलेपछि प्रहरीले पक्राउ गरी उनीमाथि अनुसन्धान गरेको थियो। हत्या अभियोगमा पक्राउ परेका अन्य ८ जना भने मंगलबार नै कारागार चलान भएका छन्।

प्रतिक्रिया दिनुस