दिनेश नागारी,
यो संसारमा धेरै मानिसहरू एकै दिन जन्मिरहेका छन र मृत्यवरण पनि गरिरहेका छन । जन्मँदादेखि नै मृत्युको छायाँ प्राणीसङ्गै हुर्किरहेको हुन्छ ।कुनै प्राणी वा जीवको अन्त्य हुनु,संसारबाट भौतिकरुपमा समाप्त हुनु वा जिउँदो नहुनुलाई मृत्यु भनिन्छ । यो एक अविचलित र अविच्छिन्न सत्य हो । यो कसैको बसमा छैन । यो कसैसँग कुनै पनि हिसाबले सम्झौता वा समझदारी गर्दैन । यसको गति, प्रक्रिया र काम गराइको शैली पनि नजानिँदो छ ।
आज संसारका धेरै मानिसहरु विभिन्न नाममा यो संसारबाट सदाका लागि अन्त्य भएर जादैछन । रोगव्याधी, दुर्घटना, आत्माहत्या, हत्या, बाढीपहिरो, भूकम्प, आगलागी, महामारी, मानसिक दर्द यी विभिन्न नाममा मानिसहरूको भौतिक शरीर यो संसारबाट विदाई हुँदैछ ।
वास्तवमै हामी यो मृत्युको शास्वस्त सत्यलाई बुझ्ने हो मात्रै भने, हामीमा धेरै दरिद्रता, अहंकार, कुण्ठा, आक्रोस वा धेरै लोभ र डर नहुँदो हो । एकपटक आँखा चिम्म गरेर हामीले यो संसारलाई भोलि छोडेर जानुछ मात्र पनि सोच्ने र मृत्युको सत्यतालाई ख्याल गर्ने हो भने, हाम्रो संसार, यो सृष्टि र मानवीयता धेरै सुन्दर हुने थियो । यो छटपटी,यो मारकाट, यो वैमनस्यता सबैखाले मानसिक दरिद्रताको समूल अन्त्य हुन्थ्यो । हाम्रा धेरै कार्यहरू, धेरै सफलताहरु र सकरात्मक चिजहरुको विकास पनि तीब्र गतिमा हुन्थ्यो । आज धेरै मानिसहरू मृत्युलाई अलिकति पनि ख्याल नगरेर, धेरै दुःखी, धेरै तनावमा छन । सबैभन्दा सर्वश्रेष्ठ भनेर गनिएको मानिसमा पनि मृत्युको विषयमा यति धेरै अनविज्ञता छ, कि उ बिर्सिसकेको हुन्छ ।
विश्वमा एकैदिन हजारौं मानिसहरूको मृत्यु भइरहेको हुन्छ, तर यो सामाचार सुन्दा मात्रै अलिकति अप्ठेरो लाग्छ, मान्छे सोच्छ तर एकै छिनपछि यसको प्रभाव न्यून हुँदै जान्छ । यसको अर्थ यो होइन कि मानिसहरूले सधैं मृत्युको सत्यता, डर र भयमा मात्रै रुमल्लिरहुन वा यो कुरा मात्रै सदैव उनीहरूको मानसिक ऐनामा आइरहोस । यो हुँदै होइन तर यहाँनिर एउटा कुरा के उठान गर्न खोजेको हो भने हामी मानिसहरू यसको वास्तविकता भन्दा बाहिर रहेर अर्थात् यसको ध्रुव सत्यतालाई कत्ती पनि महसुस नगरेर जीवन बाँचिरहेका छौं । यो स्वाभाविक प्रक्रिया र अवश्यम्भावी नै हो र रु छ भन्ने हिसाबले हामीले बुझ्दै गयौँ भने मात्रै पनि यसबारे जुन डर, भय, आतंक, त्रास र छटपटी छ यो सबै लोप हुनेछ ।
मानिसहरूको जीउने कला र विज्ञान छुट्टै हुनेछ । मान्छे अर्को मानिसलाई दुःख दिन चाहन्छ,डर त्रास देखाउन चाहान्छ,आफ्नो साम्राज्यको रवाफ र प्रभावको रातो, तातो र बडेप्पनको धूल उडाउन खोज्छ जब यी सबै कुराको सिकार कालखण्डमा मैले नी हुन्छ भन्ने अलिकति चेतना र त्यो खालको हेक्का हामी राख्दैनौं । मान्छे राख्दैन ।
आज संसारका धेरै मानिसहरू मृत्युलाई अस्वाभाविक आतंकका रुपमा ग्रहण गर्दैछन । यो जनमसङ्गै विकसित हुँदैछ र एकपटक अनिवार्य र अवस्य छ भन्ने कुराको विकास हुनु जरुरी छ ।
मानिसहरूलाई जिउँदो राख्न, बचाउन धेरै प्रयासहरू गरेपनि यो न टर्दो रहेछ । हो विज्ञान सम्मत छ । यो संसारका कुनै पनि शक्तिसँग सम्झौता गर्दैन । यो सत्य र यथार्थ हुँदाहुँदै पनि यसबारे बुझाइ र यसको प्रकृतिबारे हामी धेरैलाई ज्ञान छैन । यसको अन्तिम अवस्था कस्तो हुन्छ, पीडा कस्तो हुन्छ, छटपटी र चित्कार कस्तो हुन्छ भन्ने बारेमा संसारमै कोही कसैलाई जानकारी हुँदैन ।
कोही पनि मृत्युवरण गरेर नयाँ जीवनका साथ यहाँ आएको वा पूर्व जन्ममा म यो थिए भन्ने स्मरण कसैसँग छैन र त्यो हुँदैन पनि । हामी धेरैले सुनेको, कथाहरूमा पढेको स्वर्गका राजा ईन्द्रले समेत बिन्ती, प्रार्थना गर्दा पनि आफ्नो गति र कार्यबाट पछि नहट्ने यो मृत्यु आफै अलौकिक शक्तिका रुपमा, एउटा विज्ञानका रुपमा स्थापित छ । मृत्यु कसरीरु कहाँ र कहिले हुन्छ, भन्ने विषयमा पनि कोही जानकार छैन तर मृत्यु हुन्छ भन्ने विषयमा धेर थोरै मानिसहरूले मात्रै बुझिदिनेहुन भने यो संसार सुन्दर हुन्थ्यो ।
यो बर्वरता, यो दानवीय पन, यो निरंकुशता र यो घिनलाग्दो संसारको रूप परिवर्तन हुन्थ्यो । मानिसहरूसँग दया, सदाचार र सदभावनाको विकास हुन्थ्यो । मै लाउँ, म मात्रै सर्वश्रेष्ठ हो भन्ने हुङ्कारको अन्त्य हुन्थ्यो । मानिसहरूको जीउने कला र स्वरूप परिवर्तन हुन्थ्यो । अर्कोलाई दिने यातना, दुःख, पीडामा कमी हुने थियो । हत्या हिंसा कारमाट, जातिय, धार्मिक तथा साम्प्रदायिक भिडन्त काम हुन्थे । मानिसको बुझाइ र काम गराईमा व्यापक रुपान्तरण र परिवर्तन आउँथ्यो । हामी धेरै कुराहरुको पद्धति, प्रक्रिया र प्रकृतिलाई नबुझेर दुःख पाइरहेका छौं भन्ने लागिरहेको छ । मृत्यु मानिस मात्रै होइन एउटा चेतनशील प्राणीका लागि दुस्मन होकी प्राकृतिक नियम ।
एकपटक हामी कल्पना गरौं त,आज संसारमा जन्मिएका सबै मानिसहरू जिउँदै हुन्थे भने उहाँहरुको अवस्था के हुन्थ्यो । उमेरका हिसाबले पनि आज कोही मानिस २५ सय वर्षको । अनि २५ सय वर्ष उमेर समूहको मानिसको स्वास्थ्य अवस्था र मानसिक अवस्था के हुन्थ्यो रु कल्पना मात्रै ।
यो मानव सृष्टि, मानव जीवन कति सुन्दर, कति सार्थक, कति जीवन्त र कति स्मरणयोग्य बनाउने भन्ने कुरामा पनि धेरैमा बुझाइ फरक छ । हुनपनि यो स्वाभाविक छ ।
प्रत्येक मानिसहरू भिन्न छन भन्ने हिसाबले पनि सोच, विचार र बुझाइ पनि आफ्नो खालको हुने नै भयो । मृत्यु बारे धारणा र चिन्तन पनि बेग्लाबेग्लै हुने नै भयो । तर यहाँनिर जसले जसरी बुझे पनि, जसरी लिए पनि यो एक सत्य र शास्वत छ ।
यो जगतमा कोही कसैले २ सय वर्ष मात्रै पनि बाँच्छु भन्ने चाहान्छ मात्रै भने पनि के त्यो सम्भव छ रु अँह, छैन । अमेरिकामा १ सय ५० वर्ष बाँच्न माइकल ज्याक्सन ९१२ जना विषेशज्ञ चिकित्सक सहित अंगदाताहरू र निजी हेरचाहका १५ जना अन्य व्यक्तिहरू, सुत्ने बेडमा निरन्तर अक्सिजनको प्रबन्ध र हरेक बेला लिने खाना समेत प्रयोगशालामा चेकजाँच गरेर खान्थे भन्ने कुरा पढ्न पाइन्छ तर के माइकलको १सय ५० वर्ष बाँच्ने सपना पुरा भयो रु छैन ।
यो बाट पनि के बुझ्न सकिन्छ भने विभिन्न आविष्कार, खोज, अनुसन्धान र प्रविधिलाई पनि चालेन्ज गर्दैछ मृत्यु । जीवन कति सरल, सरस र सामान्य बनाउनु पर्दो रहेछ भन्ने कुरा हामी भगवान भनी चिनिएका महामानव गौतम बुद्ध बाट जान्न सक्छौ । भारतीय प्रधानमन्त्री महात्मा गान्धीबाट जान्न सक्छौ । हामी जुन कुराको खोजी गरिरहेका छौं, जुन भौतिक सम्पत्तिलाई, सम्पन्नतालाई खोजेर, भौतिक विलासिताका लागि यो जीवनलाई अत्यन्तै क्रुर र निर्जीव बनाउँदैछौं । त्यो सबै सम्पन्नता, सुख र राजसी सयललाई लत्याएर गौतम बुद्ध शान्तिका लागि बाहिर हिडेका होइनन, त्यत्रो देशको प्रधानमन्त्री हुँदैगर्दा धोति मै बाँचेका होइनन् र गान्धी रु
आज विश्वका जुनसुकै कुनामा बसेर पनि, जुन सुकै स्तरको लाइफ स्टाइल अंगाले पनि यो चक्र कहिले अन्त्य नहुँदो रहेछ । जन्मिने र संसारबाट सदाका लागि विदा हुने प्रक्रिया निरन्तर चल्दो रहेछ । मृत्यु अन्त कतै रहेनछ, यो यतै रहेछ , हामीसँगै रहेछ । त्यसैले यसबारे धेरै डर आतंक र चिन्ता लिनु नपर्ने रहेछ । यो शास्वत सत्य, विज्ञान र चक्रलाई सरल ढंगले बुझ्दै मानव जीवनलाई सरस बनाउने दिशातर्फ हाम्रो सोच र व्यवहार बदल्ने हो भने पक्कै पनि यो संसार निक्कै उत्साहपूर्ण, निकै रोचक र आकर्षक छ । हामीमा हीनता, कुण्ठा, घृणा, आक्रोस, अति धेरै तृष्णा र लोभ भयो र सधैंभरि रह्यो भने हामी बाँच्नुको पनि के अर्थ रह्यो र रु
हाम्रो एकदिनको पनि उत्तिकै महत्व र अर्थ छ र हुँदोरहेछ । हामीले हाम्रो जीवनलाई कसरी जीवन र नुतन बनाउने भन्ने कुरामा पनि हाम्रो नै हात रहेको छ । हाम्रो असल कर्म र असल मानवतामा टिकेर हामीले आफूलाई उभ्याउन हो भने जीवन निक्कै खुसी र सरस छ । आज धेरै मानिसहरूले अन्तिम सत्य, सुख र चिर शान्ति देवघाटमा मात्र छ भनेर बुझिरहेका छन । के यो सत्य हो रु
मृत्युलाई एउटा जीवनको अभिन्न भागकारुपमा स्वीकार्दै यसबारे वितरण गरिएका हरेक आतंक र बयान बारे मानवीय श्रेष्ठताको हिसाबले बुझेर धारणा बनाउनु जरुरी छ । यो सत्यलाई सहर्ष स्वीकार्ने र जीवन जिउने प्रक्रियालाई आत्मसाथ गर्नुछ ।
मृत्युबारे रहेका थुप्रै भ्रमहरुलाई चिर्न आवश्यक छ । मृत्यु हरेक प्राणीको दुश्मनका रुपमा नलिदै यो प्राकृतिक नियमका रुपमा स्वीकार गर्नै पर्ने रहेछ । मृत्युलाई जित्ने हिम्मत र कोसिस गरौं । आफ्नो जीवन सरल सरस र उत्साहपूर्ण बनाऔं । बाचुन्जेल त्याग, दान र गरिव,दीनहीन मानिसहरूको सेवामा आफ्नो जीवनलाई डोर्याउन सके हाम्रो जीवनको डोरी अनन्त कालसम्म पनि रहने कुरामा आसा गर्न सकिन्छ ।
को कति बाँच्ने भन्ने र कहिले देहलिला समाप्त गर्ने भन्ने कुरा हाम्रो काबू र नियन्त्रमा नभएकाले हामीले बाँच्न पाएको जीवनको गरिमा र महत्वलाई अत्यन्तै संवेदनशील भएर बाँच्ने संकल्प प्रण गरौँ । विवेकपूर्ण निर्णयले जीवनलाई गतिशील र कर्मठ बनाउँदो रहेछ । हरेक खाले पीडा र समस्यालाई बुझ्दै मानव जीवनको यो सुन्दर संसारलाई अधिकतम श्रेष्ठ बनाउने योजना र गन्तव्यको विकास गरौं । हिजोका सबैखाले तिक्ततापूर्ण सम्बन्ध र गोरेटोहरु छिचोल्दै हरेक बिहान, नयाँ यात्रा र नयाँ भविष्यका लागि जिम्मेवार र सचेत बनौं । मान्छे हुनुको मर्म र श्रेष्ठताको अब्बल हिसाबले ग्रहण गर्दै जीवनको प्रत्येक पल र सेकेन्डको चरम सदुपयोग र विस्तार गर्न सिकौं । एक जीवन एउटा संसार हो, एक विश्व हो, एक आदेश हो र एक प्रकृति हो ।
यो प्रकृति, यो संसार, जगत, यो विश्व हो, ब्रह्माण्ड कस्तो बनाउने र कुन ढंगले संचालन गर्ने प्रमुख पाइलट स्वयं मानिस नै भएकाले यो मानवीय प्रकृतिलाई कति हदसम्म, कति उचाइसम्म विशिष्ठ बनाउने सबै खाले आधार र आवरण मानिस स्वयंले निर्धारण गर्नु पर्दो रहेछ । आफ्नो जीवनको व्यावहारिक कठिनाई, जर्जर्ता र दर्दहरुकै बीचबाट आफूलाई समयानुकूल अन्तरघुलन गर्दै मानवीय श्रेष्ठताको उच्चतम विन्दुलाई अंगिकार गर्न हामी किन पछि पर्ने रु
हामी मानवीय अस्तित्वको लडाईमा हार खाने हुँदै होइन, हाम्रो आदर्श, हाम्रो समग्र जीवन, हाम्रो भाग्य र भविष्यको सुन्दर परिकल्पनाकार र इन्जिनियर हामी आफै भएकाले जीवनका हरेक स्टेप र गतिलाई सलल नदिजस्ती भने गरी डिजाइनिङ हुन जरुरी छ । हामी ससाना विवस्ताहरुमा अल्झेर पुरै प्रक्रियाको अन्त्य गर्न तिर लाग्यौं भने भोलि उदाउने त्यो सुन्दर घामको स्पर्श कसले गर्छ रु सक्दो बाँच्ने हो, बाँचेर केही गर्ने हो । आफ्नो लागि बाँच्ने हो, आफ्नो संसारका लागि बाँच्ने हो र एउटा प्रकृतिका लागि बाँच्ने हो ।
यति धेरै कुराहरु हुँदाहुँदै पनि जन्मसङ्ग मृत्यु अंशियार भएर आएको चाहिँ हुँदो रहेछ । यसको कुनै विकल्प छैन रहेछ । त्यसले मृत्यु प्राणीको दुश्मन होइन रहेछ यो एक विज्ञान, कला एक सत्य रहेछ । यसबारे हामी सबै प्रस्ट हुन जरुरी छ ।
लेखक बैतडीको पुर्चौडी नगरपालिकाको शिक्षा शाखा प्रमुख हुन ।