फाइल।
नेपाल प्रहरीका दुई जना वरिष्ठ अधिकृत निलम्बनमा परेका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा प्रहरी प्रधान कार्यालय, नक्सालले दुई जना प्रहरी उपरीक्षक (एसपी) लाई निलम्बन गरेको हो।
एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई हिजो निलम्बन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए। यस्तै प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई पनि निलम्बन गरेको छ।
उनले निलम्बन गरेर छानविन थालिएको पनि जानकारी दिए। उनले भने ‘छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको छ।’
प्रतिक्रिया दिनुस