अस्पताल निर्माण गर्न डोटीमा स्थानीयले जग्गा दान गरेका छन्। जिल्लाको के.आई.सिंह गाउँपालिका वडा नम्बर ४ मा १० शैयाको अस्पताल निर्माणका लागि ९ रोपनी जग्गा दान गरिएको हो।

स्व. गौरीलाल पाठकका छोरा विश्वनाथ पाठकले ३ रोपनी, स्व. खडकनाथ पाठकका छोरा मनिराम पाठक रघुनाथ पाठक, प्रेमप्रसाद पाठक र श्यामप्रसाद पाठकले ३ रोपनी र स्व. कमलदेव पाठकका छोरा डिल्लीराजले ३ रोपनी गरी ९ रोपनी जग्गा दान गरेका हुन्।

स्व. बुवाको स्मृतिमा आफूहरुले अस्पताल निर्माण गर्न जग्गा दान गर्न पाउँदा खुशी लागेको डिल्लीराज पाठकले बताए।

प्रतिक्रिया दिनुस