नेपालमा बुधबार थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यकामा थप ७२३ संक्रमित भेटिएका छन् जसअनुसार भक्तपुरमा ५८, ललितपुरमा ६१ र काठमाडौंमा ५३१ संक्रमित फेला परेका हुन्। यो संगै नेपालमा कोरोना संक्रमितको सख्या २ लाख ३६ हजार २४६ पुगेको छ।

त्यस्तै कोरोनाका कारण थप ९ जनाको ज्यान गएको छ भने हालसम्म १५३८ जनाको कोरोनाका कारण ज्यान गएको छ। त्यस्तै थप १५६७ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख १८ हजार १६१ निको भएको प्रवक्ता गौतमले जानकारी दिए।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छन्। ६०५ जना क्वारेन्टाइनमा छन्। हालसम्म १७ लाख ५४ हजार ६३० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुस