बिहिवार सुनको मुल्य तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार पाच सयले बढेर सुनको मूल्य ९१ हजारमा कारोबार भएको थियो। तर महासंघकाअनुसार आज छापावाल सुनको मूल्य १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२०५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुस