अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीलाई छनोट गरेको छ । छनोटमा २४ जना नयाँ खेलाडी परेका छन्। बङ्गलादेशसँग गत महिना भएको दुई मैत्रीपूर्ण खेलअघिको प्रशिक्षणमा सहभागी सबै ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको प्रशिक्षक बालगोपाल महर्जनले बताए ।

राष्ट्रिय टोलीको क्याम्पमा विमल घर्ती मगर, सन्तोष तामाङ र दिनेश राजवंशीको पुनरागमन भएको छ । एक वर्षअघि तीनै जना एन्फाको अनुशासनको कारबाहीमा परेका थिए। सन् २०२२ मा हुने फिफा विश्वकप तथा सन् २०२३ मा हुने एएफसी कपको छनोटका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

बन्द प्रशिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुस