फाइल।
नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य रामबहादुर केसी (डायमन्ड)  आइसोलेसनमा भर्ना भएका छन्। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि उनी मंगलबार आइसोलेसनमा बसेका हुन्।
उनी होम आइसलेसनमा बसेको (क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सचिव रामबहादुर महराले जानकारी दिए। उनले स्वास्थ्यमा समस्या देखिएपछि सोमबार धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा स्वाब दिएका थिए। मंगलबार कोरोना पोजेटिभ देखिएसँगै आफ्नो सम्पर्कमा रहेकालाई परीक्षण गराउन उनले विनय गरेका छन्।
प्रतिक्रिया दिनुस