सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहिबार ९१ जनाको परीक्षण गर्दा कञ्चनपुरका ३ सहित थप २३ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भीमदत्त नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको बताए। उनले कैलालीको धनगढी उपमहानगरपालिकाका ८ जना , गोदावरी नगरपालिकाका ४ जना, मोहन्याल गाउँपालिकाका २ जना, यस्तै घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका, कैलारी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका १–१ जनामा समेत कोराना पुष्टि बताए।

यस्तै, दार्चुला र बैतडीका १र१ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुस