सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ प्रक्रिया खुल्ने भएको छ। यातायात व्यवस्था विभागले बुधवार एक सूचना जारी गर्दै नयाँ लाइसेन्सका लागि अनलाइनमार्फत आवेदन खुला गर्न लागिएको जनाएको हो।
विभागले प्रदेश कार्यालयहरुको मागका आधारमा लाइसेन्सको लिखित तथा ट्रायल परिक्षाका लागि अनलाइन फारम खुल्ला गर्न लागिएको जनाएको छ। जारी सूचनामा भनिएको छ, ‘सवारी चालक अनुमति पत्र (ड्रइभिङ लाइसेन्स) को परीक्षा र अनलाइन फारम दर्ता सम्बन्धित प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस अन्तर्गतका यातायात कार्यालयहरुको माग बमोजिम खोलिने हुँदा सो को जानकारीका लागि सम्बन्धित प्रदेश मन्त्रालय र सम्बन्धित यातायात कार्यालयहरुमा सम्पर्क गर्न अनुरोध गरिन्छ।’
प्रतिक्रिया दिनुस