दीपक राज भट्ट, कञ्चनपुर । क्रान्तिकारी पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बिहीबार महेन्द्रनगरमा सम्पन्न भएको छ। क्रान्तिकारी पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश संयोजक धनञ्जय अवस्थीको अध्यक्षमा बिहीबार विविध विषयमा छलफल गर्दे बैठक सम्पन्न भएको हो।
बैठकमा नेपाल पत्रकार महासङ्घ ठुला मिडीयाहाउस, सरकार र शक्तिकेन्द्रको प्रभावमा परेकाले सबै पत्रकारहरूको साझा सङ्गठनका रूपमा अगाडी बढाउन आवश्यक पहल गर्ने, सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सङ्गठन विस्तारको अभियान सञ्चालन गर्ने लगायतका विषयमा छलफल भएको अध्यक्ष अवस्थीले जानकारी दिए। पत्रकारहरूको पेसागत सुरक्षा र हकहितका लागी क्रान्तिकारी पत्रकार महासङ्घ सदैव अग्रसर रहने अध्यक्ष अवस्थीले बताए।
बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) का प्रदेश सचिव रामबहादुर महराले पत्रकारहरूको पेसागत हकहितको सुरक्षाका लागी क्रान्तिकारी पत्रकार महासङ्घले अहम् भूमिका खेल्नुपर्ने सुझाव दिए। क्रान्तिकारी पत्रकारहरूले जनपक्षिय पत्रकारितामा कलम चलाउनुपर्ने सुझाव दिए।